नवलपुरकी शारदालाई कौराहा संरक्षण पत्रकारिता पुरस्कार

पाेखरा | साउन १३, २०८१

नवलपुरकी शारदालाई कौराहा संरक्षण पत्रकारिता पुरस्कार

पोखरा:  नवलपुरकी पत्रकार शारदा झेंडी मगरलाई ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’ प्रदान गरिने भएको छ । 

 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशका अध्यक्ष तथा ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’ छनौट समितिका संयोजक रुद्र श्रीस मगरको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले झेंडी मगरलाई यस वर्षको पुरस्कार अर्पण गर्न सिफारिस गरेको हो ।

 

मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको पुरस्कार यही साउन १५ गते पोखराको ह्वाइटहाइस पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरी  प्रदान गरिने संघका सचिव प्रविण थापा मगरले जानकारी दिए ।

 

उनका अनुसार राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिमार्फत स्थापित सो पुरस्कारको राशी नगद रु १० हजार रहेको छ ।

 

उक्त पुरस्कार मगर  जातिको भाषा, कला, धर्म, रितीरिवाज तथा संस्कार– संस्कृति र कौराहा संरक्षणको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुलाई वार्षिक रुपमा प्रदान गर्दै आएको छ । 

 

२०७५ सालमा स्थापना भएको पुरस्कारबाट यसअघि कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), मान बहादुर घर्तीमगर ‘एमबी आस्था’ (कास्की), मनोज घर्तीमगर (कास्की) र खेम सारु मगर (कास्की) पुरस्कृत भइरहेका छन् । यस वर्ष पुरस्कृत हुन लागेकी झेंडीमगर विगत १५ वर्षदेखि पत्रकारिकतामा सक्रिय छिन् ।

 

उनी यसअघि बुद्धदर्शन टेलिभिजनमा स्टेशन म्यानेजरको भूमिकामा रहेकी उनी अहिले रेडियो मध्यविन्दु र नपलपुर ताइम्समा सम्पादकको रुपमा कार्यरत छिन् ।  

 

१५ गते हुने उक्त कार्यक्रमकाबीच संघको तेस्रो अधिवेशनसमेत हुने अध्यक्ष विनु थापाले जानकारी दिइन् ।

 

उनका अनुसार प्रमुख अतिथिका रुपमा गण्डकी प्रदेशका पूर्वा आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रदेश सभा सदस्य रोशन गाहामगर रहेका छन् ।

गलकोट:  चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ–१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक ब...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्